नेपाल महिला संघ बूढानीलकण्ठ १२ द्वारा रक्तदान कार्यक्रम आयोजना

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७८

बूढानीलकण्ठ ।नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघ बूढानीलकण्ठ १२ ले नेपाल रेडक्रस सोसाइटी कपन उपशाखा संग मिलेर रक्तदान कार्यक्रम आयोजना गरेको छ।बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर प्राङ्गणमा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा २८‌ जना पुरुष र १२ जना महिला गरि ४० जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस र अन्य भातृ संगठनका सभापति, क्षेत्रीय सचिव, कोषाध्यक्ष, प्रदेश सचिव, अध्यक्ष, क्षेत्रीय प्रतिनिधिहरू, रेडक्रस कपनका अध्यक्ष, रेडक्रस पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।


Published :१३ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media