नेपाली कांग्रेस बूढानीलकण्ठ नगर कार्यसमितिले आयोजना गर्यो अगुवा कार्यकर्ता भेला

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७८

काठमाडौं– नेपाली कांग्रेस बूढानीलकण्ठ नगर कार्यसमितिले घर घर जाउ काङ्ग्रेस जिताऔ अभियान अन्तर्गत आइतवार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कार्की इभेन्टसमा सन्चालन गरिएको उक्त कार्यकर्ता भेलामा नेपालि काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रम नेपाली कांग्रेस बुढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन नगरसमितीका सचीव विजेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य विजेन्द्र पुडासैनीले राखेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, गोविन्द भट्टराई, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काठमाडौं जिल्ला सभापति सवुज बाँनिया, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४का क्षेत्रीय सभापति श्यामकृष्ण संगत, क्षेत्र न५का क्षेत्रीय सभापति श्याम खड्का, काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ सभापति राम प्रसाद लुईटेल, क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ का सभापति राजु खड्का, नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका पूर्व सभापति एवं महधिवेशन प्रतिनिधि गणेश कोइराला, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०का इकाई सभापति नारदमणी घिमिरेले समेत आ-आफ्नो मन्तव्य राखेका थिए ।


Published :१३ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media