दिप मण्डला क्लबले बूढानीलकण्ठ-१० का २१ चोकमा राख्यो लोकेशन बोर्ड

राष्ट्रपाटी न्युज

चैत्र १७, २०७८

बूढानीलकण्ठ। बिगत लामो समय देखि सामाजिक काममा सक्रिय क्लव हो दिप मण्डला क्लब। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको यस क्लवले निरन्तर रुपमा आफ्नो सक्रियता देखाईरहेको छ।भर्खरै यस क्लबले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० भित्रका विभिन्न २१ चोकमा लोकेशन बोर्ड राखेको छ।

उक्त क्लबका सचिव प्रदिप मैनालीका अनुसार लोकेशन बोर्डहरुले आम जनतालाई गन्तव्यमा पुग्न र नव आगान्तुकहरुलाई ठेगाना पत्ता लगाउन सहयोग पुग्ने र वडाको बारेमा सबैलाई जानकारी हुनेछ ।


Published :चैत्र १७, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media