बूढानीलकण्ठ १० मा अनेरास्ववियूको वडा कमिटी गठन

राष्ट्रपाटी न्युज

२० चैत्र २०७८

काठमाडौं। नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा कमिटी गठन गरेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०को कार्यालयमा सम्पन्न भेलाले बिशान्त गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो।

त्यसै गरि कमिटिको उपाध्यक्षमा सुशान्त न्यौपाने ,सचिवमा सरिता न्यौपाने ,सह सचिवमा सागर रुचाल र हिमाल चौलागाई चयन भएका छन भने सदस्यमा अनुज कायस्थ ,कृतन भट्टराई ,दीपक कार्की ,निरन्जन कोइराला ,विजय लामा ,गृष्मा मगर ,विवेक रामदाम , बिबेक बुढाथोकी ,विकास नेपाली ,विशाल बुढाथोकी ,मिलन लामा ,निशान्त विश्वकर्मा,विरेन्द्र विश्वकर्मा , आयुष भुजेल ,सुदिप तामङ्ग र सुमन मगर चयन भएका छन। निर्बाचित कमिटीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले खादा तथा माला लगाइ बधाई तथा शुभकामना प्रदान गरेका थिए ।


Published :२० चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media