बूढानीलकण्ठ नगर प्रमुखमा धुर्ब भट्टराईले समुह सहित उम्मेदवारी दिने

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७८

काठमाडौ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिय संगै देशव्यापी रूपमा निर्वाचनको माहोल तात्न शुरु भएको छ। नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष एबम वडासदस्य बन्न इच्छुक विभिन्न पार्टीका नेता एबम कार्यकर्ता तथा विभिन्न स्वतन्त्र उमेद्वारहरु आफ्नो उम्मेद्वारी घोषणा धमाधम गर्दै छन।केन्द्रिय स्तरबाट नै नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन हुने कुरा आएपछि नेकपा एमाले इत्तरका दलहरूमा खुशीको रक्तसञ्चार भएको छ।त्यसैले पनि चुनावी माहोलको रौनक अझै थपेको छ।

यसैबीच बूढानीलकण्ठ नगरपालिकामा समेत चुनावी माहोल तात्दै गएको छ। जनसंख्याको हिसाबले देशकै ठुलो नगरपालिका भएर पनि होला यस नगरपालिकामा मेयर उपमेयर वडाध्यक्ष बन्न घोषणा गर्नेहरु दिनहुुँ बढ्न थालेका छन् । नेपाली काङ्ग्रेसले विभिन्न वडाहरुमा वडाध्यक्षको उम्मेदवारहरु घोषणा समेत गरिसकेको छ।

यसै सन्दर्भमा नेकपा एमालेका स्थानीय नेता धुर्व भट्टराईले बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेद्वारी घोषणा गरेका छन् । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय भट्टराईले उपप्रमुख सहित बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा वडाध्यक्षको टिम सहित आफ्नो सामुहिक उम्मेदवारी रहने घोषणा गरेका हुन् । तत्कालीन अबस्थामा बूढानीलकण्ठ नगरपालिकाको नगरकमिटी सदस्य एबम वडा नम्बर १० इन्चार्ज रहेका उनी वडा नम्बर १० बाट जिल्ला कमिटी अधिवेशनको प्रतिनिधि चयन भएका थिए । जिल्ला कमिटी सदस्य चयन हुने आश्वासन पाएपनी अन्त्यमा अहिले उनी पार्टीमा जिम्मेवारी बिहिन भएर असन्तुष्ट छन् । निर्माण व्यावसायी समेत रहेका उनी नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी वलि तथा बर्तमान रास्ट्रपति बिधा भन्डारी निकट मानिन्छन् ।

आफूले जिवनभर अरुको भर्र्याङ् बनेर अरुलाइ माथिल्लो नेतृत्वमा पुर्याएपनी आफूलाई असहयोग गरिएको भन्दै आफ्नो समूहले बैशाख १२ गते निर्धारित समय भित्र नै नोमिनेशन दिने तयारी गरेको नगर प्रमुखका दावेदार धुर्ब भट्टराइको भनाइ छ।


Published :२१ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media