माओवादी केन्द्रद्वारा बूढानीलकण्ठ नगरको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन

राष्ट्रपाटी न्युज

२६ चैत्र २०७८

काठमाडौ। नेकपा माओवादी केन्द्रले आगामी २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बूढानिलकण्ठ नगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार टुंगो लगाएको छ। नेकपा माओवादी केन्द्र बूढानिलकण्ठले नगर प्रमुखमा डम्बर अधिकारी र उपप्रमुखमा कमला गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य तथा बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार मावीका पुर्व व्यवस्थापन समितीका अध्यक्ष अधिकारी लामो समय देखि नेकपा माओवादी केन्द्रका विभिन्न जिम्मेवारीहरुमा सक्रिय रहेका थिए। अधिकारीले साविक कपन गाविसको सर्बदलीय संयन्त्रमा दलीय प्रतिनिधिका रुपमा रहेर समेत काम गरिसकेका छन् ।

त्यस्तै उपप्रमुखमा सिफारिस कमला गौतम नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीकी उपाध्यक्ष तथा पुर्व लडाकु समेत हुन् ।


Published :२६ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media