बूढानिलकण्ठ-११ को वडाध्यक्षमा नेकपा एमालेबाट पुन: राजु अधिकारी सर्बसम्मत

राष्ट्रपाटी न्युज

२६ चैत्र २०७८

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट राजु अधिकारि पुन दोस्रो कार्यकालका लागि सर्वसम्मत सिफारिस भएका छन्। त्यसैगरी दलित महिला सदस्यमा रत्ना नगर्ची पनि पुन दोस्रो पटकका लागि सर्वसम्मत सिफारिस भएकि छन् ।

वडा नं ११ को मा भएको संगठित सदस्य भेलाले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष पदको उम्मेदवारमा अधिकारीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

त्यस्तै वडा नं ११ को दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत सिफारिस गरेको भेलामा जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।


Published :२६ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media