मेयर र उपमेयरका दावेदार सहित बूढानीलकण्ठ–१० मा बन्यो एमालेको टिम

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७८

काठमाडौं । नेकपा एमालेले बूढानीलकण्ठ–१० मा आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ ।

बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा भएको संगठित सदस्य भेलाले नवराज भट्टराईलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा चन्द्रमान श्रेष्ठ, रिता दाहाल र देवी रेग्मी तथा दलित महिला सदस्यमा दिल कुमारी बि.क.लाई सर्वसम्मत सिफारिस गरेको छ ।

वडाध्यक्षमा सिफारिस नवराज भट्टराई तथा वडा सदस्यमा सिफारिस चन्द्रमान श्रेष्ठ, रिता दाहाल एबम दलित महिला सदस्य दिल कुमारी बि.क फेरी दोहोर्याउने पुरानै अनुहार हुन् भने देवी रेग्मी नयाँ सिफारिस सदस्यको उम्मेदवार हुन्। केहि समय अघि सम्म वडाध्यक्षमा सिफारिस नबराज भट्टराई बूढानिलकण्ठ नगरपालिकाका प्रमुखका दावेदार थिए भने देवी रेग्मी उपप्रमुखकि दावेदार थिईन्।


Published :२८ चैत्र २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media