पुरानो र नयाँको फ्युजन सहित बन्यो बूढानीलकण्ठ-११ मा एमालेको टिम

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७८

बूढानीलकण्ठ। आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले पहिलो सहमतिको रेकर्ड कायम गर्दै उम्मेद्वार चयन गर्न सफल भएको छ ।

उक्त पार्टीले वडाध्यक्षमा राजु अधिकारी, वडा सदस्यहरुमा बिनोद कुमार तामाङ, प्यारी कुमारी बास्तोला (कञ्चन) र डल्ले लामा तथा दलित महिला सदस्यमा रत्ना नगर्जीलाइ सर्वसम्मत रुपमा चयन गरेको हो । वडाध्यक्ष राजु अधिकारी, सदस्य बिनोद कुमार तामाङ तथा दलित महिला सदस्य रत्ना नगर्जी पुनः दोहोरिएका हुन भने प्यारी कुमारी बास्तोला (कन्चन) र डल्ले लामा आगामी निर्वाचनका लागि प्रस्तुत नयाँ उम्मेदवार हुन्।

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सदस्य बिमल लामा एकीकृत समाजबादिमा प्रवेश गरेका छन् भने महिला सदस्य भगवती निरौला वडा निर्वाचनको रेसबाट बाहिरिएकी छिन्।


Published :२८ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media