‘बीडी त्यागी स्मृति सम्मान प्रतिभा’ चयन

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७८

काठमाडौं । साहित्यकार बीडी त्यागीको उन्नाइसौ स्मृति दिवसको अवसरमा प्रदान गरिने बीडी त्यागी स्मृति सम्मान र पुरस्कारको लागि प्रतिभा चयन गरिएको छ । बीडी त्यागी स्मृति केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा चैत २८ गते बसेको सस्थाको कार्य समिति बैठकको निर्णय अनुसार बीडी त्यागी स्मृति सम्मान २०७९ अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका साहित्यकार सन्तोष कुमार पोखरेललाइ,एक सय एक रुपैयाँ सिक्का सहितको बीडी त्यागी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार इल्या भट्टराईलाई ,बीडी त्यागी प्रतिभा सम्मान २०७९ साहित्यकार ओम कुमारी बन्जारा रानाभाट र बीडी त्यागी योगदान सम्मान २०७९ वरिष्ठ पत्रकार तथा साहित्यकार गान्धीराज काफ्लेलाइ प्रदान गर्ने निर्णय गरेको छ ।यसैगरी साहित्यकार नभए पनि साहित्य विकासमा महत्त्वपूर्ण भूमिका निभाउने सस्था वा व्यक्तिलाई प्रदान गरिने नेपथ्य सम्मान यस पटक गोकर्णेस्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाइ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

वरिष्ठ साहित्यकार गङ्गा पौडेल र वरिष्ठ उपन्यासकार शङ्कर भारती रहेको प्रतिभा चयन समितिको सिफारिसमा प्रतिभा चयन गरिएको सस्थाले जनाएको छ ।सम्मान र पुरस्कार बैशाख १९ गते सोमबार बीडी त्यागीको उन्नाइसौ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्पण गरिने स्मृति केन्द्रका अध्यक्ष आचार्यले बताएका छन् ।१०८ स्वामी गोपलानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशा भित्र कथा सङ्ग्रह ,उत्पात उपन्यास ,बैराग्य नाटक,शुभेच्छा कवितात्मक एल्बम,अठार अध्याय गीता महात्म्य,धोती न टोपी लोक कथा सङ्ग्रह ,समृद्धि सपना उपन्यास, चार थुम्का उपन्यास सङ्ग्रह लगायतका कृति प्रकाशित भइसकेको साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो । २०६१ सालदेखि त्यागी स्मृति दिवसका अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष सम्मान पुरस्कार अर्पण गर्दै आएको छ ।


Published :२८ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media