आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना

राष्ट्रपाटी न्युज

बैशाख ३, २०७९

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन,पैयाटारमा रहेको पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत पूर्ति गर्न पैयाटार आकाशदेवी सहकारीको कार्यालय बूढानीलकण्ठ -११ मा भएको रक्तदान कार्यक्रममा २२ जना महिला र ७० जना पुरुष गरि जम्मा ९२ जनाले रक्तदान गरेको संस्थाका सचिव राजेन्द्र बुढाथोकीले जानकारी दिएका छन्।
संस्थाले निरन्तर रुपमा विभिन्न सामाजिक कामहरु गर्दै आएको र त्यसै अन्तर्गत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष राजकुमार खड्का (राम)ले बताएका छन्।

प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको पैयाटार आकाशदेवी सहकारी संस्थाले नेपाल रेड क्रस सोसाइटी कपन उपशाखाको समन्वयमा भएको उक्त रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक समितीका पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।


Published :बैशाख ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media