बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारीको चर्चा

बूढानिलकण्ठ। नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य एबम पुराना एमाले नेता मिठाराम अधिकारीले बूढानिलकण्ठ नगरपालिकाको प्रमुखमा आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन्। आफूले गत स्थानिय तह एबम प्रदेश तहको निर्बाचनमा कुनै जिम्बेवारी प्राप्त नगरेको र पार्टीले समकालीन अरु नेताहरुलाई जिम्बेवारी दिइसकेको भन्दै यो पटक आफ्नो कडा दावेदारी रहने जानकारी दिएका छन्। राष्ट्रपाटि संग बिशेष कुरा गर्दै उनले बूढानिलकण्ठ नगरपालिकालाई स्वच्छ, सफा , हराभरा नगरपालिका बनाउन लागि पर्ने भन्दै आफू सधै जनताको बिचमा काम गर्दै आएको र नगर प्रमुखको रुपमा थप भूमिकाको खोजीमा रहेको बताएका छन्। पार्टीमा सबैले जिम्वेवारी पाउनुपर्ने भन्दै उनले यसपटक आफूले कुनै हालतमा अडान नछाड्ने बताएका छन्।

को हुन् मिठाराम अधिकारी ?
मिठाराम अधिकारी कपन गाउँ विकास समिति हुँदा २०५४ सालका गाविस अध्यक्ष हुन्। त्यही साल हालका प्रदेश माननीय कुसुम कुमार कार्की तथा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल छिमेकी गाविसका अध्यक्ष थिए।

निर्माणाधिन कपन ह्यान्डबल विकास समितिको अध्यक्ष समेत रहेका अधिकारी कपन बहुमुखी क्याम्पसको भवन निर्माण समितिका संयोजक समेत रहेका थिए।

गत स्थानीय तहको निर्वाचनमा समेत मिठाराम अधिकारी नेकपा एमालेबाट नगर प्रमुखका उम्मेद्वार थिए भने प्रदेश निर्बाचनमा समेत उनि सशक्त दावेदार थिए।

सरल, सहज र सामान्य जीवन शैली अपनाउने मिठाराम अधिकारीको जनसम्बन्ध राम्रो छ । नेकपा एमालेका एक स्थानीय नेताका अनुसार कपन आसपासका क्षेत्रहरुमा रहेका सिमा विवाद, बाटो विवाद, अंश विवाद र पारिवारिक झगडा लगायतका समस्यामा सहजीकरण र मेलमिलाप गराउन सधै उनि लागिपरिरहन्छन। त्यसैले यो पटक मिठाराम अधिकारीलाई जिम्वेवारी दिनुपर्ने उनको तर्क छ।


Published :५ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media