बूढानिलकण्ठ नगरपालिकाको उपप्रमुख बन्दै धुर्बराज न्यौपाने ??!!!

बूढानिलकण्ठ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालको सत्तारुढ गठबन्धन चुनावी गठबन्धनको रुपमा परिणत भैसकेको छ। महानगर र उपमहानगरपालिकाको करीव करिव भागबन्डा मिलिसकेको छ। त्यसैगरी देशभरका अन्य नगरपालिका र गाउपालिकाहरुमा समेत भागबन्डा हुने निश्चित नै छ।

यसै सन्दर्भमा काठमाडौ जिल्ला लगायत बूढानिलकण्ठ नगरपालिकामा पनि पाँच दलीय गठबन्धन बन्ने सम्भावना बढेर गएको छ।
नेकपा एकीकृत समाजवादीले बूढानिलकण्ठ, कागेश्वरी मनोहरा , किर्तिपुर सहित चार नगरपालिकामा प्रमुख दावी गरेपनि बूढानिलकण्ठ नगरपालिकामा भने प्रमुख कांग्रेसले पाउने करिव निश्चित जस्तै छ। त्यो अबस्थामा उपप्रमुख एकीकृत समाजबादी वा माओबादी मध्य एकले पाउने अवस्था सिर्जना भएको छ।

पछिल्लो निर्बाचनमा नेकपा एमालेबाट विजयी प्रदेश साम्सद सहित जनप्रतिनिधिहरुको राम्रै संख्या समाजबादीतिर लागेपछि अहिले एकीकृत समाजबादीले आफूलाई बूढानिलकण्ठमा माओबादी भन्दा बलियो शक्ति दावी गर्दै आएको छ। त्यसैले पनि बूढानिलकण्ठमा उपप्रमुख पद एकीकृत समाजबादीले पाउने करिव निश्चित नै देखिन्छ।

बूढानिलकण्ठ नगरपालिकाको प्रमुख पदको टिकट नेपाली कांग्रेसले कपनबाट दिएमा समाजबादीको तर्फबाट उपप्रमुखमा वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ बन्ने सम्भावना रहन्छ। तर नेपाली कांग्रेसका एकजना नेताका अनुसार बूढानिलकण्ठ नगरपालिकामा टिकट पाउने सम्भावना श्याम खड्का वा गोकर्ण केसीको रहेको छ। त्यो अबस्थामा कपन क्षेत्रबाट समाजबादिले उपप्रमुख पाउने अबस्था रहन्छ। त्यो बेला उपप्रमुखको एकमात्र शसक्त उम्मेदवार हुन् धुर्वराज न्यौपाने।

धुर्वराज न्यौपाने नेकपा एसका काठमाण्डौ जिल्ला कमिटी उपसचिव तथा काठमाडौ क्षेत्र नं ४ का अध्यक्ष समेत हुन् ।

साविक कपन गाविसमा तत्कालिन नेकपा एमालेका तर्फबाट तिन कार्यकाल प्रमुखका रुपमा नेतृत्व गरेका न्यौपाने जिल्ला खेलकुद विकास समिती काठमाडौका पुर्व अध्यक्ष समेत हुन्। नेपाल कुराँस संघका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने तत्कालिन नेकपा एमाले काठमाडौ क्षेत्र नं ४ को सचिवमा निर्वाचित भएका थिए।


Published :८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media