फिलिपिन्समा एक बालक घण्टौँ फ्रिजमा बसेर पहिरोबाट बचे !

मनिला । फिलिपिन्सका एक ११ वर्षीय बालक घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनले २० घन्टा फ्रिजभित्र बिताएका थिए । नदीको किनारमा रेफ्रिजेरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्धार गरेको थियो ।

उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए । ‘मलाई भोक लागेको छ’ उद्धारपछि ती किशोरले भनेका थिए । उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाइ अझै बेपत्ता छन् ।

मेगी आँधीपछि आएको अविरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् । (एजेन्सी)


Published :८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media