
काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको छ।
यसदिन सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेर ४५०.५५ विन्दुमा पुगेको छ। ३६८ वटा स्क्रिप्सको ४ करोड १७ लाख २५ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार मूल्य बराबरमा खरिदबिक्री भए।
कारोबार रकमका आधारमा यसदिन एनएमबी डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रह्यो।यसले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।