जनकपुर कांग्रेसमा असन्तुष्टि, २ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

कांग्रेस नगर सभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।

सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुरबारे कांग्रेसले आवश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए ।

सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेद्वारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराइएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगर सभापति साह सम्पर्कमा आउन चाहेनन् ।


Published :९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media