तपाईको नजर कता ? आजको राशिफल यता

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौँ ।

आजको पात्रोः १० बैशाख २०७९ शनिबार । तद्नुसार अप्रिल महिनाको २३ तारिख २०२२ । बैशाख कृष्णपक्ष सप्तमी, बब करण, उत्तरषाढा नक्षत्र, साध्य योग चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३१ मा भयो भने सूर्यास्त ६ः३३ मा । आजको देवता सावित्री र ग्रहदेव सूर्य रहेको छ । शनिबारको दिन बिहान शनि मन्दिर वा नजिकैको वरपिपलको बृक्षमा जल अभिषेक गर्दा फल प्राप्ति हुनेछ । आज बिहान ११ः३७ देखि १२ः२९ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम सफल हुनेछ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार ब्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राका लागि सूर्योदयपछि मात्र निस्कनु वेश हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्दा अघि घरका बृद्ध मानिसको आशीर्वाद लिनु वेश हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । तपाईको विचार सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थ हानी हुन सक्ने छ त्यसैले होसियारी अपनाउनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुन सक्नु हुनेछ। कसैसँग विवाद नगर्नुहोला, विवाद हुँदा तपाईलाई पनि हानी हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिब व्यक्तिलाई खाना र वस्त्र दान दिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्नुहोला । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईका कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र वस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारिता र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्री जातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र सम्भावना पनि छ । तपाईका लागि केही फाइदा हुने दिन छ ।  यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने सम्भावना रहेको छ होस् पु-याउनुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन तपाईले सोचेअनुसारको काम हुनेछ । परिवार  र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र वस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन अध्ययन अध्यापनमा समय बिताउँदा मीन राशिका जातकका लागि फाइदा हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यहरुसँग समय विताउनु होला । घरको काममा ध्यान दिनुभयो भने परिवारमा खुसियाली छाउनेछ । आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु वेश हुनेछ । लामो यात्रा गर्दा तपाईलाई समस्या आउन सक्छ । अध्ययन, चिन्तनमननमा समय खर्च गर्नुहोला ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media