एमाले चम्पादेवीमा गम्भीर असन्तुष्टि, विद्रोहको संकेत !!

राष्ट्रपाटी न्युज

११ बैशाख २०७९

ओखलढुंगा। नेकपा एमाले ओखलढुंगाले चम्पादेवी गाउँपालिकामा गरेको टिकट वितरणलाइ लिएर नेकपा एमाले भित्र तीव्र असन्तुष्टि छाएको छ। चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवारमा भर्खरै केहि दिन अगाडी माओबादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका खड्ग बहादुर कार्की चयन भएपछि एमाले वृतमा हंगामा मच्चिएको हो। अन्तिम समयसम्म टिकटको दावेदार रहेका चम्पादेवी गाउँपालिका अध्यक्ष खेम मिश्र आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्छन् – “नेकपा एमाले भए वापत सधै कुटे पिटे मर्यो भनेर खाेलामा फाले हेलिबाट उद्वार गरि कतिलाइ बचाइयाे गुरू सर जस्ता हजाराै निर्दोषहरू एमाले भय वापत मारिय अब हामि बाचेकाले पनि अन्याय सहेर बस्नु पर्ने हो। ”

त्यस्तै चम्पादेवी ६ का यूबा नेता एबम वडाध्यक्षका दावेदार गौरव थापा लेख्छन् -” पार्टीको सिपाही हौं तर कसैको दास होइनौं।हाम्रो आत्मसम्मान र स्वाभिमान कसैको दास प्रबृती संग साटिदैन…..”

चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवारमा खड्ग बहादुर कार्कीलाइ प्रदेस नं १ कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको थियो।

यसैबीच चम्पादेवी गाउँपालिकाका बिभिन्न वडामा गरिएको टिकट वितरणलाइ लिएर पनि गम्भीर असन्तुष्टि सुरु भएको छ। गाउँपालिका प्रमुख नै दावी गरेर अन्तमा आफ्नो प्रतिबद्दता बिपरित पुन: वडा नम्बर ७ मा बर्तमान वडाध्यक्ष नै दोहोरिने भएपछी चरम असन्तुष्टि सिर्जना भै स्वतन्त्र उम्मेद्वारी सम्मको चुनौती आइलागेको छ भने वडा नम्बर ८ मा समेत विद्रोहको सम्भावना रहेको नेकपा एमाले ओखलढुंगाका एक नेता बताउँछन्। अन्य वडामा समेत पार्टीले सहि उम्मेदवार चयन गर्न नसकेको गुनासो आइरहेको छ।

नेपाली कांग्रेसको तर्फबाट बर्तमान गाँउपालिका प्रमुख नबराज केसी पुन उम्मेदवार बन्दै गर्दा उनको प्रतिष्पर्धीको रुपमा एमालेले सशक्त र विवाद रहित उमेद्वारी दिनुपर्नेमा एमाले भित्र नै चरम द्वन्द्व शुरु हुनुले नबराज केसीलाई अझ ठुलो मतको फरकले जित्ने आधार तय भएको एकजना कांग्रेस नेताको भनाइ छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखको उम्मेदवार बनेका खड्ग बहादुर कार्कीले १९३९ मत प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेका थिए। नेपाली कांग्रेसका नवराज केसी ३२४१ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरी घिमिरेले २८४१ मत प्राप्त गरेका थिए।


Published :११ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media