मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडाैं । पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहने ठानिएकाे छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media