घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media