ट्रकमा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु 

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गए राती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीनजनाकै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनजनाकै सनाखत हुन बाँकी रहेको छ ।

सडकछेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गए राती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

ट्रकचालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media