कपनबाट नगरप्रमुख:-मिठाराम अधिकारी कि बिनोद चालिसे ?

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले र नेपालि कांग्रेस दुबैको तर्फबाट कपन क्षेत्रका उम्मेदवारले नगर प्रमुखको उम्मेद्वारी पाएका छन्। जनसंख्याको हिसाबले ठुलो हिस्सा बस्ने भएपनि लामो समय देखि कपन क्षेत्र राजनीतिक दलहरुको उपेक्षामा पर्ने गरेको गुनासो सुनिने गरेको थियो। तर यसपटक भने ठुला राजनीतिक दलहरुले कपन क्षेत्रका महत्वपूर्ण नेताहरुलाई नगर प्रमुखको टिकट दिएर कपनलाई नगर प्रमुख निश्चित गरेका छन्।

यसपटक पनि खोला पारिबाट नै नगर प्रमुखको टिकट आउने र कपनबाट भोट तान्न उपप्रमुखको मात्र टिकट दिइने चर्चा अन्तिम समय सम्म चलेको थियो। नेकपा एमालेबाट वर्तमान नगर प्रमुख उद्दव खरेलले नै टिकट पाउने अनुमान गरिएको थियो। तर टिकट भने मिठाराम अधिकारिले पाएका छन्।

त्यसै गरि नेपाली कांग्रेसको तर्फबाट समेत अन्तिम समयसम्म श्याम खड्का वा अन्य खोला पारि बाटै टिकट आउने अनुमान गरिएको थियो। नेकपा एमालेबाट मिठाराम अधिकारि निश्चित भएपछी कांग्रेसको टिकट समेत कपन तरेको थियो। अन्तिममा राजाराम बूढाथोकी र बिनोद चालिसेको प्रतिष्पर्धामा गगन थापाका निकट एबम मित्र बिनोद चालिसेको पल्ला भारि भएको थियो। नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकमा यो विषयमा ठुलै लफडा हुनुको साथै माइनुट समेत च्यातिएको बताइएको छ।

को हुन् मिठाराम अधिकारी ?

मिठाराम अधिकारी कपन गाउँ विकास समिति हुँदा २०५४ सालका गाविस अध्यक्ष हुन्। त्यही साल हालका प्रदेश माननीय कुसुम कुमार कार्की तथा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल छिमेकी गाविसका अध्यक्ष थिए।

निर्माणाधिन कपन ह्यान्डबल विकास समितिको अध्यक्ष समेत रहेका अधिकारी कपन बहुमुखी क्याम्पसको भवन निर्माण समितिका संयोजक समेत रहेका थिए।

गत स्थानीय तहको निर्वाचनमा समेत मिठाराम अधिकारी नेकपा एमालेबाट नगर प्रमुखका उम्मेद्वार थिए भने प्रदेश निर्बाचनमा समेत उनि सशक्त दावेदार थिए।

सरल, सहज र सामान्य जीवन शैली अपनाउने मिठाराम अधिकारीको जनसम्बन्ध राम्रो छ । नेकपा एमालेका एक स्थानीय नेताका अनुसार कपन आसपासका क्षेत्रहरुमा रहेका सिमा विवाद, बाटो विवाद, अंश विवाद र पारिवारिक झगडा लगायतका समस्यामा सहजीकरण र मेलमिलाप गराउन सधै उनि लागिपरिरहन्छन। त्यसैले यो पटक मिठाराम अधिकारीले नगर प्रमुखको टिकट पाएको उनको ठहर छ।

को हुन् बिनोद चालिसे ?

बूढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा नेपाली काँग्रेसले विनाेद चालिसलेलाइ उम्मेदवार बनाएकाे छ । राजनीतिमा ०४६ सालदेखि लागेका चालिसे नेपाली काँग्रेसका महामन्त्री गगन थापाका साथी हुन् । बूढानीलकण्ठ–११ निवासी नेता विनोद चालिसे नेपाली कांग्रेस भित्रका प्रभावशाली नेता हुन् ।

नेपाली काँग्रेसको राजनीतिमा तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे साविक कपन गाउँ विकास समितिको इकाई सभापति, बूढानीलकण्ठ नगर समिति सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका लागि समेत प्रतिनिधिमा छनोट भईसकेका छन् ।

चालिसेले व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । उनी कविता, गीत तथा गजल लेखनमा पनि सक्रिय छन् । उनकाे ‘तिम्रो आँखाको आकाश’ कविता संग्रह प्रकाशित छ भने ‘मनको धुन’ गीति एल्बम बजारमा आइसेकेकाे छ । त्यसैगरी एक गजल संग्रह प्रकाशाेन्मुख रहेकाे छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media