भारतले दियो बच्चाहरुका लागि लगाउन दुई कोभिड खोपलाई स्वीकृति

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७९

नयाँदिल्ली । भारतले १२ वर्षमुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानकारी दिए ।

यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको दुई डोजलाई सरकारले स्वीकृत दिएको हो ।

कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ । सन् २०२१ को जनवरीमा कोभिड खोप सुरु गरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ । (एजेन्सी)


Published :१४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media