१५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना मुक्त

राष्ट्रपाटी न्युज

बैशाख १५, २०७९

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।


Published :बैशाख १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media