काठमाडौं महानगरपालिकामा सयौं यूवा नेकपा एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ र ८ मा झन्डै २ सय जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।‌‌

काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्कमा रहेको आर बि होम पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।‌‌

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई तथा काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार केशव स्थापितले अबिर र खादा लगाएर यूवाहरुलाइ स्वागत गरेका थिए। उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका उपसचिव तेज प्रसाद ढकाल ,वडा नं ७ का अध्यक्ष उम्मेदवार कृष्णमणि भट्टराई ,वडा नं ८ को अध्यक्ष उम्मेदवार उमेस कुइकेललगायत अन्य उम्मेदवार हरुको उपस्थिति रहेको थियो।‌‌

उक्त कार्यक्रममा बोल्दै वडा नं ७ का अध्यक्ष उम्मेदवार कृष्णमणि भट्टराईले फेरी पनि वडा नम्बर ७ मा नेकपा एमालेलाई कसैले हराउन नसक्ने भन्दै सिंगो महानगरमा नै एमालेको माहोल आएको दावी गरेका थिए।

उक्त कार्यक्रमको संचालन गर्दै नेकपा एमाले वडा नं ७ का अध्यक्ष एबम सदस्य पदका उम्मेदवार दिपेन्द्र पुडासैनीले बाहिर देखेजस्तो वडा नम्बर ७ मा पार्टी फुटको ठुलो क्षेती नभएको भन्दै आम जनता र कार्यक्रतामा खासै असर नपुगेको दावी गरेका थिए।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media