नेप्सेमा ४८ अंकको गिरावट, एक अर्ब ४२ करोडको कारोबार

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । सेयर बजार (नेप्से) मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलब ४५ अंकमा झरेको हो ।

बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलब ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ । सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा ३९ लाख  ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए । नेप्सेमा सोमबार एक मात्र कम्पनी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भयो ।

जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य एक सय १४ रुपैयाँ बढेर एक हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स सेक्टरमा तीन सय ४२ अंकको गिरावट आएको छ भने ननलाइफ इन्स्योरेन्स सेक्टरमा दुई सय १८ अंकले गिरावट आएको छ । यस्तै होटल, म्यानुफ्याक्चर र डेभलपमेन्ट बैंक सेक्टरमा एक अंक बढीले घटेको छ ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media