बूढानिलकण्ठ-२ मा एमाले उम्मेदवारहरुको प्रचार प्रसार तिव्र

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा-२ मा नेकपा एमालेले प्रचार प्रसार अभियानलाई तीव्रता दिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा त्यस वडामा नेकपा एमालेले जित हात पारेको थियो। तत्कालिन वडाध्यक्ष राजेन्द्र खड्का पछि तत्कालिन वडा सदस्य राजेन्द्र श्रेष्ठले नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वारी प्राप्त गरेका छन।

निबर्तमान वडाध्यक्ष राजेन्द्र खड्का समेत र्यालीमा सहभागी भै श्रेष्ठलाइ जिताउन खुसीसाथ होमिएपछि राजेन्द्र श्रेष्ठको जितको सम्भावना बढ्दै गएको एकजना स्थानीय एमाले नेता बताउंछन्। हाल प्रचार प्रसार र घर दैलोमा व्यस्त उम्मेदवारहरुले त्यस क्षेत्रका खड्का , लामिछाने लगायतका स्थानीयहरुको समेत पूर्ण समर्थन पाउँदै गएको उनको भनाइ छ।

उक्त वडामा वडाध्यक्षमा राजेन्द्र श्रेष्ठ ,सदस्यहरुमा सुदर्शन तामांग ,ओम खड्का , ज्ञानु कार्की थापा ,अनिता मंगराती उम्मेदवार रहेका छन् l


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media