बूढानिलकण्ठ १० मा गठबन्धन चुनावी प्रचारमा व्यस्त

राष्ट्रपाटी न्युज

२० बैशाख २०७९

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस र एकीकृत समाजबादीबीच गठबन्धन भएको यस वडामा सबै दल र पक्षले चुनावी घरदैलो गरिरहेका छन्। बूढानिलकण्ठ नगरपालिका कै सबै भन्दा धेरै जनसंख्या भएको यस वडाको चुनावी परिणामले नगरपालिकाकै मत परिणाममा असर पर्ने भएपछी सबै पार्टीले यस वडालाइ बिशेष महत्व दिएका छन्।

नेपाली कांग्रेस र एकीकृत समाजबादीबीच गठबन्धन भएपश्चात वडा न. १० मा वडाध्यक्षमा काँग्रेस बाट डोर प्रसाद आचार्य, सदस्यहरुमा कांग्रेसकै विद्या ज्ञवाली र दलित महिला सदस्यमा तारा नेपाली छन् भने नेकपा (एकीकृत समाजवादी) बाट सदस्य केदार प्रसाद चौलागाईं र इश्वर अधिकारी रहेका छन् । यो गठबन्धन हाल चुनावी प्रचार तथा घरदैलो कार्यक्रममा व्यस्त छ।


Published :२० बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media