बूढानीलकण्ठ, ८ मा माओवादी केन्द्रका दुई वडा सदस्य उम्मेदवार सहित दर्जनौं एमाले प्रवेश

राष्ट्रपाटी न्युज

२० बैशाख २०७९

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा दर्जनौ नेकपा माओवादी केन्द्रका सदस्यहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रबाट बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा वडा सदस्यमा उम्मेदवारी दिएका राजु हमाल र लिला दियाली सहित दर्जनौ एमाले प्रवेश गरेका हुन्।

केहि समय अघि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता धर्मदत्त देवकोटा नेकपा एमाले प्रवेश गरेसँगै धेरै माओवादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्याक्तिहरु एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ। प्रवेश गर्नेहरुमा संघीय परिषद सदस्य नयनसिंह ओली,केन्द्रिय सहकारी विभाग सदस्य सीता ढकाल पौडेल, प्रदेश कमिटी सदस्य ज्ञानेन्द्र बूढाथोकी, बागमती प्रदेश सम्पर्क समन्वय समिति सदस्य खड्ग देवकोटा तथा रामचन्द्र वाग्ले ,सविना वाग्ले ,सुशील वाग्ले ,सुनिल वाग्ले ,विष्णु कुमार देवकोटा ,एलिस घिमिरे ,इन्दिरा लम्साल ,इन्दिरा अधिकारी ,एलिसा घिमिरे ,अश्विनी पौडेल ,समृद्धि थापा ,शताव्दी विक्रम थापा ,अश्मी ठकुरी ,समिक्षा बुढाथोकी ,दिक्षा पुलामी मगर ,सिर्सा हमाल ,स्मृति शिवाकोटी ,सुमन देवकोटा ,सुस्मिता थापा ,रचना बलामी रहेका छन्।


Published :२० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media