नबराज भट्टराईको नेतृत्वमा बूढानीलकण्ठ १० मा भएका मुख्य २६ उपलब्धि

राष्ट्रपाटी न्युज

२० बैशाख २०७९

बूढानीलकण्ठ। स्थानीय तहको निर्वाचन आउनै लाग्दा देशव्यापी रुपमा चुनावी माहोल तातिरहेको बेला बूढानीलकण्ठ नगरपालिकामा पनि चुनावको चटारो उत्तिकै छ। बूढानिलकण्ठ नगरपालिकाको सबैभन्दा धेरै जनसंख्या भएको वडा नम्बर १० मा चुनावी सरगर्मी व्यापक बढेको छ। नेकपा एमाले नवराज भट्टराईको नेतृत्वमा चुनावी मैदानमा छ भने नेपाली कांग्रेस एकीकृत समाजबादी सहितको गठबन्धनमा डोर प्रसाद आचार्यको नेतृत्वमा छ। बिगतको निर्वाचनमा झन्डै १४०० मतले विजय हाँसिल गरेको नेकपा एमाले जित करिव सुनिस्चित भएको भन्दै चुनावी दौडमा छ। नेपाली कांग्रेस एकीकृत समाजबादी सहितको गठबन्धन पनि यसपाली जितेर देखाउने योजनामा छ।

बिगत पांच बर्ष वडाको नेतृत्व गरेको कारण अनुभवी देखिएको एमालेको नेतृत्व जनताको घर घरमा आफूले बिगत पाँचबर्षमा गरेको कामको उपलब्धि सहित भोट माग्न पुगेको छ। वडाको नेतृत्वमा रहेर काम गर्दा प्राप्त भएको जनसम्बन्ध र प्राप्त भएको जनताको मायाले पनि सजिलै चुनाव जित्न सकिने अबस्था बनेको एकजना जनप्रतिनिधि बताउंछन् । नेकपा एमालेको संगठनको आधार यो वडामा धेरै रहेको र बिगत बर्षमा खेलेको भूमिकाका कारण पनि सजिलै चुनाव जित्ने अवस्था बनेको उनको तर्क छ।
वडाको उपलब्धिको रुपमा एमालेले यहाँ २६ बुँदा प्रस्तुत गरेको छ। ति मुख्य बुँदाहरु यसप्रकार रहेका छन् ।

-नगर अस्पतालको अस्थायी बहिर सेवा संचालन ।
-भूकम्प स्मृति पार्क निमाण ।
-पुरातात्विक आकाशेधाराको पुनर्निर्माण शुभारम्भ ।
-बाल उद्धार विद्यालय नमुना विद्यालयमा सुचिकृत ।
-नगर अस्पताल निर्माण अन्तिम चरणमा ।
-वडा कायार्लय भवनमा सभाहलको निर्माण ।
-पारिजात पार्क तथा आकाशेधारा बाटिका निर्माण ।
-वडा कायार्लय निर्माणका लागि डिपिआर तयार ।
-साप्रेढुंगामा नेवार समुदायको संस्कृति सम्वद्धर्नको निमित्त धिमे बाजा वितरण तथा बाजा बजाउने तालिम ।
-बाल उद्धार माध्यमिक विद्यालयमा २ वटा नयाँ भवन निर्माण सम्पन्न तथा ३ वटा भवनमा रेक्ट्रोफिटिंग कार्यजारी ।
-धोबीखोला करिडोर निर्माणमा बर्षौदेखि अवरुद्ध साततले पाथिभरा बस्तीको २२ घर मध्ये १० घरलाई बूढानीलकण्ठ वडा न.२ मा पुनर्स्थापन तथा १२ घरलाई उचित क्षतिपूर्ति उपलब्ध गराई करिडोर निर्माण सम्पन्न ।
-साततले आनीगुम्बा क्षेत्रको डुवान समस्या समाधानका निमित्त आनिगुम्बा देखि आरम्भचोकसम्म बक्स कल्भर्ट निर्माण कार्यसुचारु साथै आरम्भचोकदेखि साततलेसम्म डिपिआर निर्माण भई कार्यान्वयन अन्तिम चरणमा रहेको ।
-प्रस्तावित कपन ह्याण्डबल ग्राउण्डमा विभिन्न खेल खेल्न मिल्ने रंगशाला निर्माण कार्यसुचारु ।
-एकीकृत सिद्धेश्वर परियोजना अन्तगर्त निर्माण कार्यजारी ।
-वडाभित्रका बिभिन्न स्थानमा लोकेशन बोर्ड निर्माण ।
-कपन बहमुखी क्याम्पसको भवन निर्माण कार्यसंगै भवनमा पठनपाठन संचालन ।
-नेपाल चाटर्र स्कुल स्थित साप्रेढुंगा मैदानको स्तरोन्नति ।
-गौरीशकंर टोलमा सार्वजनिक शौचालय निर्माण ।
-मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिस्तार ।
-ज्येष्ठ नागरिक नलेज बैकंको डिपिआर निर्माण ।
-जोरधारा खानेपानीमा डिप बोरिङ कार्यसम्पन्न ।
-पुरातात्विक चुनदेवी मन्दिरको पुनर्निर्माण ।
-सहजीकरणको लागि वडा कार्यालयमा टोकन मेसिन जडान।
-वडा नं. ९ र १० जोड्ने ३ वटा पक्की पुल निर्माण।
-वडाभित्र २७.१ किलोमिटर बाटो स्तरोन्नती।
-वडाभित्र २५ किलोमिटर खानेपानी पाईपलाईन बिस्तार।


Published :२० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media