ट्राफिक नियम उल्लंघन गर्ने साढे १३ सय बढी चालक कारबाहीमा 

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४३ जना, क्षमताभन्दा बढी यात्रु राख्ने २७ जना र अवस्था ठिक नभएको सवारीसाधन चलाउने ३० जना चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media