उत्तरद्वारा फेरि क्षेप्यास्त्र प्रहार

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

सोल । उत्तर कोरियाले बुधबार फेरि ब्लालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया तथा जापानले क्षेप्यास्त्र प्रहारको पुष्टि गरेका छन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफद्वारा जारी विज्ञप्तिका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागरतर्फ एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ  । त्यस्तै, जापानको तटीय सुरक्षा गार्डले पनि उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र ब्यालेस्टिक गरेको जनाइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले ‘देशको परमाणु हतियार द्रुत गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक साता नबित्दै उत्तरले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

क्षेप्यास्त्र परीक्षण र परमाणु हतियारका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्धहरू लगाउँदै आएका छन् । कोरियाली द्वीपमा दक्षिण कोरिया र अमेरिकाले हरेक वर्ष गर्ने संयुक्त सैन्य अभ्यासले आफ्नो देशको सुरक्षामा खतर उत्पन्न भएको भन्दै किमले हतियार परीक्षणलाई तीव्र बनाउँदै लगेका छन् । (एजेन्सी)


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media