राष्ट्रपति भण्डारीद्वारा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगसहित सम्बद्ध पक्षसँग बुधबार भएको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटवार्तामा निर्वाचनलाई मर्यादित बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत निर्वाचन आचारसंहिता लागू भई तयारीका कार्य भइरहेको जानकारी गराउनुभयो ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media