सुर्खेतको सिम्तामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

राष्ट्रपाटी न्युज

२३ बैशाख २०७९

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


Published :२३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media