नेपालमा थपिए १४ कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

२४ बैशाख २०७९

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


Published :२४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media