कस्तो छ तपाईंको आजको राशिफल ?

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

काठमाडौं । २७, वैशाख २०७९, मंगलबार । तद्नुसार मे महिनाको १० तारिख । वैशाखशुक्ल नवमी, आज सीता जयन्ती हो । आज बिहान सूर्योदय ५ः१८ मा भएको छ भने सूर्यास्त १८ः४२ मा हुनेछ ।

बालव करण, मघा नक्षत्र, धुव योग, चन्द्रमा सिंह राशिमा छ । आजका देवता भूमि र ग्रहदेव केतु हुन् । मंगलबार गणेश र हुनमानको आरधना गर्ने दिन हो । सनातन धर्ममा कुनै पनि कार्य गर्दा पहिले गणेश स्मरण गर्ने प्रचलन छ । हनुमानलाई सेवको प्रतिक मानिन्छ । मंगलबारको दिन जन्मने व्यक्ति समाजसेवी हुन्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

आजका दिन समय निकालेर गणेश मन्दिर दर्शन गर्ने र हनुमान चालिसा पाठ गर्दा मनोवाञ्चित फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

मेषः मेष राशि भएका जातकका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय हुने देखिन्छ । आज बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृषः अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुनः आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा तपाईंलाई फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला ।

कर्कटः  तपाईंका लागि आजको दिन अनुकूल देखिँदैन । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईंप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ ।

सिंहः आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट सहयोग मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कन्याः दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुलाः समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

वृश्चिकः व्यापारबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनुः काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। गशेश मन्दिर यात्राले उर्जा थपिने छ ।

मकरः मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भः आजको दिन अनुकुल देखिँदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीनः दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ । मंगलबार घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा घरका सदस्य दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media