असानी चक्रवातको असरले नेपालमा पनि आज वर्षा हुने

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

काठमाडौं । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेको चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेको छ ।

जसका कारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media