हेटौंडामा मेयर पदका उम्मेदवार भुर्तेल एमाले प्रवेश

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।

भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेको भुर्तेलले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media