एमालेले दियो वडाध्यक्षको टिकट छोरालाई

राष्ट्रपाटी न्युज

२८ बैशाख २०७९

दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ ।

उनले आज मनोनयन दर्ता गराएका हुन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएको छ ।


Published :२८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media