आज मोहिनी एकादशी व्रत, थाहा पाउनुहोस् तपाईंको राशिफल

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । आज २९ वैशाख २०७९, बिहीबार । तद्नुसार मे महिनाको १२ तारिख । वैशाख शुक्लपक्ष मोहिनी एकादशी व्रत परेको छ ।

एकादशीको दिन व्रत बस्ने व्यक्तिले भोजन गर्दैनन् । बिहीबारको दिन अध्ययन, अध्यापन, लेखन र अनुसन्धानको काममा ध्यान दिँदा राम्रो हुन्छ । आज बिहान सूर्योदय ५ः१९ मिनेटमा भएको छ भने सूर्यास्त १८ः४३ मा हुनेछ ।

आज वणिज योग, उत्तरफागुल्नी नक्षत्र, हर्षण योग, चन्द्रमा कन्या राशिमा छ । आजका देवता भग, र ग्रहदेव सूर्य हुन् । आज बिहान ११ः३४ देखि १२ः२७ सम्म अभिजित मुहूर्त छ । बिहीबार शैक्षिक यात्रा पनि शुभ मानिन्छ ।

मेषः सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला ।

वृषः आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनुका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैसँग पनि आग्रह पूर्वाग्रह नराखी काम गर्नुहोला ।

मिथुनः धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नुभएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार ब्यवसायमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

सिंहः सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईका लागि शुभ हुनसक्छ ।

कन्याः यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

तुलाः तुला राशिका जातकका लागि मानसिक असन्तोष र सोचेअनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिकः आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनुः परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । तपाईलाई कसैको साथ सहयोग नहुँदा पनि तपाईको मनमा उर्जा प्राप्त गर्नका लागि देवालय र शिवालयको दर्शन गर्न जानुहोला ।

मकरः आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भः मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापार व्यवसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यबाट परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीनः बिहीबारका दिन मीन राशिका जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिकका देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नुभयो भने मनमा उत्साह भरिनेछ ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media