मौन अवधिमा प्रचण्डको चितवन भ्रमण, सिडिओ, प्रहरी प्रमुखलाई आयोगद्वारा स्पष्टीकरण

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो । यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media