
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौली ब्यारेक नजिक जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पुमाथि रुख ढल्दा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुई जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । हावाहुरीले गर्दा रुख टेम्पुमाथि खस्दा टेम्पु चालक गम्भीर घाइते भएकाले थप उपचारका लागि रेफर गरिएको छ । दुईजनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । टेम्पु चालकसहित ५ जना सवार टेम्पुमा ३ महिला र २ पुरुष रहेका थिए ।