मौसम पूर्वानुमानः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media