सवारी दुर्घटनामा २४ जना घाइते

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०७९

काठमाडौं । दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना अ प फा ९४१ नम्बरको एम्बुलेन्स र बा ८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइते भएका छन् ।

बलेरोमा सवार ३ जना र एम्बुलेन्समा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बलेरोमा सवार सोही उपमहानगरपलिका–८ बस्ने ५७ वर्षीय टेकबहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ ।

यस्तै, डोटीको शिखर नगरपालिका–४ धुरकोटस्थित सडकमा ना १ ज ३१५२ नम्बरको जिप बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।


Published :बैशाख ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media