बुढानीलकण्ठमा वडा नं १ बाट एमालेको वियजी सुरुवात

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेले काठमाडौंको बुनपा १ बाट विजयी सुरुवात गरेको छ ।  वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवारले ४५३ मत प्राप्त गरे । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएकी छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वालकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट खेम कुमारी भुर्तेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निना भेटुवाल, राष्ट्रिय जनमोर्चाबाट छवि बहादुर खनालले उम्मेदवारी दिएका छन् । नेपाली जनता दलबाट टिका राम मोटे वसाइ ठकुरी र नेकपा समाजवादीबाट निर्मला पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै मेयर पदमा आशिष श्रेष्‍ठ, रमेश श्रेष्ठ, महेश केसी, सुमित खरेल, सुमन खड्काले उम्मेदवारी दिएका छन् । यस्तै उपमेयरमा नेकपा एमालेबाट अनिता लामा, नेपाली कांग्रेसबाट रमिला वाग्ले र नेकपा माओवादी केन्द्रबाट कमला गौतमले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट प्रमिला सापकोटा (रिमाल), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चम्पा देवी अधिकारी र नेकपा समाजवादीबाट सुर्य परियारले पनि बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media