काठमाडौंमा एक मत गन्न २० मिनेट समय

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौं । काठमाडौं महानगरपालिको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ ।

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मतगणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मतगणना सुरु भएको थियो ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media