बुनपाको मेयर-उपमेयरमा एमालेको अग्रता कायमै

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह सदस्यको निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका मेयर तथा उपमेयरका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ ।

नगरपालिकाका वडा १ र २ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसअन्तर्गत वडा नं १ मा एमालेको प्यानलै विजयी भएको छ । त्यसैगरी वडा २ मा वडाध्यक्षमा एमालेले विजय प्राप्त गरेको छ भने अन्य ४ वडा सदस्यमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

दुवै वडाको नजितासँगै मेयरमा नेकपा एमालेका मिठाराम अधिकारीले ९५७ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ६३९ मत पाएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी अनिता लामाले १०९८ मत प्राप्त गरेकी छिन् भने निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्ले(खड्का) ले ७३९ मतसहित पछ्याइरहेकी छिन् ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media