उदयपुरका दुई वडा एमाले र दुई वडामा गठबन्धनको जित

उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ । ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् ।
लिम्चुङबुङ गाउँपालिकाको वडा नं ४ र ५ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका तर्फबाट विजयी भएका छन् । लिम्चुङबुङ गाउँपालिका–४ मा क्षत्रबहादुर राई र वडा ५ मा बसन्तकुमार राई विजयी भएका छन् भने रौतामाई गाउँपालिका १ मा रुद्रबहादुर कार्की र ताप्ली गाउँपालिका १ मा उद्धब हमाल विजयी भएका छन् । एमालेका दुवै वडामा प्यानल जितेका छन् ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media