कपन खरिवोटमा खुल्यो भाडामा कपडा पाउने पसल

राष्ट्रपाटी न्युज

चैत्र ३०, २०८२

काठमाडौं । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका – १२ कपन खरिवोटमा फरक शैलीको पसलको दोश्रो शाखाको उद्घाटन गरिएको छ। यस अघि अनामनगरमा संचालन हुँदै आएको यो फरक किसिमको व्यबसाय अहिले कपनमा समेत विस्तार गरिएको छ।

जेन्जी युवा व्यबसायी सम्पूर्ण राज प्रचण्ड विक्रम न्यौपानेले संचालन गरिरहेको यो व्यवसाय कपन खरिवोट चोकमा अवस्थित छ। FIRST STEP RENTAL STORE को नाममा संचालित यो पसलमा महिलाहरुको लागि लेंगा, साडी , कुर्ता सुरुवाल लगायतका धेरै किसिमका कपडाहरु भाडामा पाइन्छ।

अहिलेको डिजिटल जमानामा एउटै कपडा लगायर पटक पटक सामाजिक संजालमा फोटो तथा भिडियोहरु पोष्ट गर्न अनिच्छुक व्यक्तिहरुका लागि यो पसल अत्यन्त महत्वपूर्ण हुने देखिन्छ। थोरै भाडा तिरेर केहि दिनका लागि प्रयोग गर्न मिल्ने र छानी छानी कपडाहरु पाइने हुनाले यो व्यवसाय छिट्टै लोकप्रिय हुने सम्भावना रहेको छ।

हालको उद्घाटनपछिका केहि दिनहरुको लागि विशेष छुटमा कपडाहरु विक्री वितरण भैरहेको र केहि दिनपछि भने विक्री वितरण बन्द गरिने व्यवसाय संचालकले जानकारी दिएका छन्।


Published :चैत्र ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media