बुनपा-३ को वडाध्यक्षमा स्वतन्त्रका आकाश धिताल विजयी

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यसपटक पार्टीले अन्याय गर्दै टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

२०७४ सालमा नेकपा एमालेले चार सदस्य जित्दा पनि नेपाली कांग्रेसको प्रतिष्ठा जोगाउँदै सदस्य पदमा विजयी बनेर निकै सक्रिय जनप्रतिनिधिको पहिचान बनाएका धिताललाई वडावासीले न्याय गरेको चर्चा अहिले वडा नं  ३ मा चल्न थालेको छ ।

२०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४  मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला वडा सदस्यमा कांग्रेसले विजय प्राप्त गरेको छ भने बाँकी ३ वटा वडा सदस्यमा नेकपा एमालेले जित हात पारेको छ ।

पछिल्लो नतिजा यस्तो छः 

  

 

 


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media